Kathmandu Metropolitan City-26, Mitranagar 985-1107198 hoteltourismassociation@gmail.com

हाम्रो परिचय

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश यस प्रदेश अन्तर्गतका १३ वटा जिल्लाभरि छरिएर रहेका साना, मझौला, पर्यटक स्तर तथा तारे होटलहरुको छाता संस्थाको रुपमा कार्य गरिरहेको गैर नाफामूलक गैर सरकारी संस्था हो । बि.स २०७५ सालमा काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई यस संघले निरन्तर रुपमा आफ्नो मातहतका होटल तथा पर्यटन व्यवसायीहरुका बीचमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको कुरा अवगत गराउँदछौँ ।

यस संघले नेपालका ७७ वटै जिल्लामा छरिएर रहेका करिब ८० हजार भन्दा बढी होटल व्यवसायीहरुको छाता संगठनको रुपमा क्रियाशिल होटल व्यवसायी महासंघ नेपाल मातहत रहेर आफ्ना मातहतका जिल्ला संघमा आवद्ध व्यवसायीहरुको हक, हित प्रवर्द्धन र अधिकार स्थापित गर्नको लागि आवाज उठाउँदै राष्ट्रको पर्यटन प्रवर्द्घन एवं आर्थिक समृद्धिको बाटोमा अग्रसर हुँदै आईरहेको कुरा छर्लङग छ । यस संघले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाहरु एवं सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायिक हक हित प्रवर्द्धन एवं देशको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो विधानले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेको कुरा अवगत गराउन चाहन्छौँ ।

अध्यक्षकाे सन्देश

राष्ट्रको सर्वाङगिण विकासमा सबैभन्दा बढी योगदान रहेको होटल तथा पर्यटन क्षेत्र र यस क्षेत्र अन्तर्गत रहेका सबै प्रकारका व्यवसायलाई थप व्यवस्थित र गोलबन्द गर्दै पर्यटक मैत्रि वातावरण एवं स्तरीय व्यवसाय सञ्चालनका लागि हामीले बिभिन्न खालका तालिम, गोष्ठी, सेमिनार, अभिमुखिकरण तालिम जस्ता गतिविधीहरु सञ्चालन गर्दै आईरहेका छौँ । साथै हामी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा पुर्‍याउँदै व्यवसायीहरुलाई विभिन्न तालिमका कार्यक्रमहरु संञ्चालन गदै आर्थिक सम्बृद्धि तर्फ अगाडि बढिरहेका छौँ । आफ्नो प्रदेशभित्र छरिएर रहेका व्यवसायीहरुलाई एकिकृत गर्दै थप सुदृढ बनाउनुका साथै स्तरीय व्यवसायका माध्यमबाट स्तरीय सेवा प्रदान गर्दै पाहुनाहरुलाई सन्तुष्ट पार्न एवं नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमति प्रदेश निरन्तर सक्रिय रहेको छ तापनि देश विकासको मूल आधार बनेको नेपालको पर्यटन क्षेत्रको विकास र सम्वर्द्धनमा भने राज्य चुकेको अवस्था छ । पर्यटनको मूल आधारको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने यसले सिंगो देशको अर्थतन्त्रमा नै दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने कुरा निश्चित प्रायः छ ।  

देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएका महासंघमा आवद्ध करिब ८० हजार भन्दा बढी होटल व्यवसायीहरुलाई उपेक्षा गर्नु राज्यको तर्फबाट ठूलो भुल हो । त्यसका बाबजुद पनि हामी अझै सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ र वर्तमान संकटले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योग र त्यस अन्तर्गत पनि बिशेष रुपमा प्रभावित होटल व्यवसायलाई बचाईराख्नका लागि राज्यले विशेष पहलकदमी चालोस् र सोही अनुसारका नीति नियमहरु प्रतिपादन गरी पर्यटन मैत्रि वातावरण सिर्जना गरोस् भन्ने हामी चाहन्छौँ ।

धन्यवाद ।

दामोदर नेपाल
अध्यक्ष

ताजा समाचार

आर्थिकन्यूज ६ चैत, २०८१ 23 Mar, 2025
नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ कार्यसमिति चयन

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । बागमती प्रदेशको दोलखा, चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् ।

संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः संघको केन्द्रिय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवर्द्धनात्मक कामहरु गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Read More
अनलाइनखबर अनलाइनखबर २०८१ चैत ६ गते १४:३७
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति

संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर

 २०८१ चैत ६ गते १४:३७

NCELL

६ चैत, काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

दोलखा चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् ।

यसअघि मकवानपुर चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्षमा सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् । महासचिवमा सुनिल अर्याल चयन भएका छन् ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह चयन भएका छन् ।

कार्यसमिति सदस्यमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अञ्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ छन् ।

विधानतः संघको केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारी सहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाँकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यावसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिबद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यावहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब संस्थालाई थप उचाइमा लैजाने गरी व्यावसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक काम गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Read More
अर्थ पथ प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार
दामोदर नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमतीको नयाँ कार्यसमिति चयन

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

बागमती प्रदेशको दोलखा, चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वोय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् ।

संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः संघको केन्द्रिय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक कामहरु गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Read More