होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आयोजना र काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सह आयोजनामा धुलिखेलमा संघको रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यही माघ १६ र १७ गते दुइ दिनसम्म काभ्रेको धुलिखेलस्थित धुलिखेल भिलेज रिसोर्टमा चलेको कार्यशाला गोष्ठी जुन उद्येश्यका साथ आयोजना गरिएको थियो सो उद्येश्य प्राप्तीमा फलदायी नै रह्यो भन्ने आशा गरेका छौँ ।
गोष्ठीले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गरेको छ ।
उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अनवरत रूपमा खटिनु भएका संघका बरिष्ठ उपाध्यक्ष श्याम भालु ज्यू, कार्यसमिति सदस्य होम बहादुर श्रेष्ठ, काभ्रे जिल्ला संघका सदस्य निलकण्ठ श्रेष्ठ, सपना थापा, होटल व्यवसायी महासंघ नेपालका कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठ ज्यूहरुलाई विशेष धन्यवाद दिनै पर्छ । अझ विशेष धन्यवाद हाम्रा सल्लाहकार राजु सरकार ज्यूलाई दिन चाहन्छु । अझै बढी धन्यवाद त आ आफ्नो व्यस्तताका बाबजुद समय निकालेर टाढा टाढाबाट धुलिखेलसम्म आएर दुई दिनसम्म समय दिएर प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सफल बनाउनु अहम भूमिका निभाइदिनु भएकोमा निवर्तमान अध्यक्ष ज्यू, कार्य समितिका पदाधिकारी, सदस्य एवं सल्लाहकार ज्यूहरू र सबै जिल्लाका जिल्ला अध्यक्ष तथा इकाई अध्यक्ष ज्यूहरूलाई दिन चाहन्छु । यहाँहरू सबैको साथ सहयोग र प्रतिवद्धता भएकै कारण कार्यक्रम सफल भएको हो । यो कार्यक्रमको सफलताले हामीलाई आगामी दिनमा अझ बढी उपलब्धीमूलक र प्रेरणादायी कार्यक्रमहरू ल्याउने उत्साह जागेको छ । सबैजनालाई पुनः धन्यवाद ज्ञापन गर्दछु ।