Kathmandu Metropolitan City-26, Mitranagar 985-1107198 hoteltourismassociation@gmail.com

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति

अनलाइनखबर अनलाइनखबर २०८१ चैत ६ गते १४:३७ 22 Jul, 2025

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति

संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर

 २०८१ चैत ६ गते १४:३७

NCELL

६ चैत, काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

दोलखा चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् ।

यसअघि मकवानपुर चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्षमा सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् । महासचिवमा सुनिल अर्याल चयन भएका छन् ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह चयन भएका छन् ।

कार्यसमिति सदस्यमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अञ्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ छन् ।

विधानतः संघको केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारी सहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाँकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यावसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिबद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यावहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब संस्थालाई थप उचाइमा लैजाने गरी व्यावसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक काम गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Recent Post