Kathmandu Metropolitan City-26, Mitranagar 985-1107198 hoteltourismassociation@gmail.com

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नेतृत्वमा दामोदर नेपाल

रातोपाटी संवाददाता रातोपाटी संवाददाता बुधबार, ०६ चैत २०८१ 22 Jul, 2025

होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नेतृत्वमा दामोदर नेपाल

काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । दोलखा जिल्लाको चरिकोटमा मंगलबार सम्पन्न संघको तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको अध्यक्षमा  दामोदर नेपाल,वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

Tata
RATOPATI PATRO

कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अन्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ्ग, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् 

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

Shivam Cement

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक कामहरु गर्ने उनले बताए ।

Recent Post